ज्योति लाईफ इन्स्योरेन्स र समर अस्पताल बीच सेवा सम्झौता

बैंकिङ खबर । आफ्ना ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त देशको सम्पुर्ण प्रदेशहरुमा अन्य सेवासुविधा विस्तार गर्ने क्रममा ज्योति लाइफ इन्स्योरेन्सले प्रदेश नं २ को जनकपुर स्थित समर अस्पतालसँग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौताअनुसार, ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने छ । उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।

सम्झौतापत्रमा इन्स्योरेन्सका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र समर अस्पतालका प्रबन्ध निर्देशक डा. सुजित यादवले हस्ताक्षर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.