Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

संचालकहरुको द्धन्दमा फस्यो सनराईज बैंक

२०७६ असार ६ गते

बैंकिङ खबर । संचालकहरुको द्धन्दमा संनराइज बैंकको कार्यसमिति थिचिएको छ । करिब ४ बर्ष सम्म रत्नराज बज्राचार्यले समालेका बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पद उनको कार्यकाल सकिए पश्चात नयाँ सिइओ नियुक्तीको बिषयमा बैंकको संचालक समितिमा द्धन्द चलेको हो ।

गत जेठ २२ गते बसेको बैंकको ३१७ औं संचालक समितिको बैंठकले माछमपुच्छे« बैंकका पुर्व सिइओ निरज श्रेष्ठलाई आषाढ गते देखी लागु हुने गरि ४ बर्षको लागि बैंकको सिईओ पदमा नियुक्त गरेको थियो । यही विषयलाई लिएर बैंकको संचालक समितिमा ठुल्लै विवाद उत्पन्न भए पश्चात हाल सम्म श्रेष्ठले कार्यभार समाल्न पाएका छैनन् । बैंकिङ क्षेत्रमा श्रेष्ठको ३ दशक भन्दा बढीको अनुभव छ ।

उनी तत्कालीन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका श्रेष्ठले केही समय ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा पनि काम गरेका थिए । उनले २०७१ सालको भदौमा एनआईसी एसिया बैंकको महाप्रबन्धक छोडेर ग्लोबल आईएमइ गएका थिए । निरज श्रेष्ठ केही समयअघि आफ्नो कार्यकाल पूरा नहुँदै माछापुच्छ्रे बैंकबाट आउट भएका थिए ।

बैंकमा सिइओ नियुक्त गर्दा संचालक समिति सबैको पुर्ण सहमति आवश्यक पर्छ । बैंकमा अध्यक्ष मोतीलाल दुगरसहित सात सदस्य रहेकोमा संचालक समितिमा बछ राज तातेर, मालचन्द दुगर, शैलेन्द्र गुरागाईं, शारदा शर्मा, दिपक नेपाल र ओमकृष्ण जोशी रहेका छन् ।

बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषयमा छलफल हुँदा बोर्ड सदस्य मध्ये शैलेन्द्र गुरागाईंले विभिन्न बैंकहरुमा असफल अधिकृतको छवी बनाएका व्यक्तिलाई प्रमुख कार्यकारी अधिकृतमा प्रस्तावित निरज श्रेष्ठको प्रस्ताव स्वीकार गर्न नसकिने र अहिलेको जोखिम अवस्थामा सीइओ जस्तो बैंकको महत्वपूर्ण जिम्मेवारीमा ल्याउनु हुन्न भन्ने मत ब्यक्त गरेका थिए । बैंकका अध्यक्ष मोतिलाल दुगडले एकलैटि निर्यण गरि निरज श्रेष्ठलाई सिइयो पदमा नियुक्त गरेको बैंकका संचालक सैलेन्द्र गुरागाँईले विराध गरेका हुन् । सहमतिमा नै सिइओ नियुक्ती भएपनि पछि गुरागाईँले असहमति जनाएको आरोप अध्यक्ष दुगडको छ ।

अहिले यो विषयमा राष्ट्र बैंकमा पनि चर्चा पाएको छ । केन्द्रिय बैंकले बैं्रक तथा वित्तिय संस्थामा विवाद भएमा संचालक समिति नै विगठन गरि आफै व्यवस्थापन टोली खटाएर बैंकलाई केहि समयको लागि समाल्न सक्छ ।

सनराईज बैंकको द्धन्द बारे केही सम्बन्धीत व्यक्तिहरु र मिडियाको खबरले राष्ट्र बैंकमा चर्चा पाएको भएता पनि तर हाल सम्म यो बिषयमा कुनै उजुरी नपरेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बैंकिङ खबरलाई जानकारी दिए । उनी भन्छन् ‘सनराईज बैंकका संचालकमा बरिष्ठ व्यक्तिहरु छन् र उनीहरुलाई संस्थाकोे रेपुटेसन रिक्स र निक्षेपकर्ताहरुको निक्षेप व्यवस्थापन कसरी गर्ने हो भन्ने बिषयमा राम्रो ज्ञान भएको हुदाँ यस्तो विवादलाई बैंक आफैले सुखद अन्त्य गर्ने भन्ने अपेक्षा राष्ट्र बैंकले गरेको छ । ’ बैंकको संचालक समितिमा बहुमतले निर्णय गरि निरज श्रेष्ठलाई सिइओमा नियुक्त गरेको हुँदा यस बिषयमा आपसी द्धन्द गर्नु नै नहुने प्रवक्ता निरौलाको धारणा छ । बैंकको संचालक समिति भंग गराउने अवस्था आउन नदिन सनराईज बैंकका संचालक समितिलाई प्रवक्ता निरौलाको सुझाव हो ।

बैंकको सिइओले नियुक्ति पत्र हातमा भएर पनि कार्यभर सम्हाल्न नपाएको घटना यो नेपालको बैंकिङ इतिहासमा पहिलो नै मान्न सकिन्छ । २ जना संचालक समितिको मनमुटावमा जिम्मेवारी पाएर पनि सम्हाल्न नपाएका निरज श्रेष्ठलाई अहिले सनराईज बैंकको सिइओ पद निल्नु न ओकल्नु भएको छ । वित्तिय बजार बिग मर्जरको बिषयले तातिरहेको अवस्थामा सनराईज बैंकको सिइओ पदको नियुक्तीले गर्दा संचालक समिति नै २ पाटामा विभाजित भएका छन् ।

चार बर्षे कार्यकाल पूरा गरेर रत्नराज बज्राचार्य बाहिरिएपछि सनराइजको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्ति चर्को विवाद बीचमा बैंकले हाल बैंकमा निमित्त प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी सम्हालिरहेकी आशा राणा अधिकारी नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ । उनको पनि कार्यकाल १ बर्ष मात्र बाकीं रहेको छ ।

Ad