Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एनआईसी एशिया बैंक र राष्ट्रिय बिमा संस्थान बिच बैंकास्योरेन्स सम्झौता

२०७६ असार ३ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र संस्थानका प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गरे । सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २८४ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा राष्ट्रिय बिमा संस्थानको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।