June 18th, 2019

राजश्व चुहावटको कसुरमा २३८ विरुद्ध मुद्धा

बैंकिङ खबर । एक वर्षको अवधिमा राजश्व अनुसन्धान विभागले राजस्व चुहावटका ८१ वटा कसुरमा अनुसन्धान टुंगो लगाएको छ । जेठसम्ममा ती कसुर अनुसन्धान गरी २३८ व्यक्तिविरुद्ध बिगो र जरिवनास्वरूप विभागले १८ अर्ब ३२ करोड रुपैयाँ दाबी गरेको छ ।

त्यस्तै, यो अवधिमा विभागले एक वर्गमा ६६ किलो ४ सय ग्राम सुन बरामद गरेको छ । विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारमा ६४ वटा मुद्दामा संलग्न १०४ जनाविरुद्ध विभागले पाँच अर्ब ११ करोड बिगोसहित बिगोको तेब्बर जरिवाना र ३ वर्ष कैद माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]