Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

५ वित्तीय संस्थालाई मर्जरमा जान राष्ट्र बैंकको अनुमति

२०७६ जेष्ठ ३० गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले विभिन्न ५ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जाने अनुमति दिएको छ । दुई वटा विकास बैंकले अन्तिम स्वीकृति र तीन वटा लघुवित्तले सैद्धान्तिक सहमति पाएका हुन् ।

सप्तकोशी डेभलपमेन्ट बैंक र कावेली विकास बैंकले मर्जरमा जाने अन्तिम स्वीकृति पाएका छन् । ५२ करोड ३७ लाख ६५ हजार रुपैयाँ चुक्तापुँजी भएको सप्तकोशी र २८ करोड ४२ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको काबेलीले अब छिटै एकीकृत कारोबार सुरु गर्नेछन् ।

त्यस्तै, राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गर्नेमा रामा रोशन लघुवित्त, एनआरएन लघुवित्त र क्रिएटिभ लघुवित्त रहेका छन् । अब यी संस्थाले मर्जरका लागि आवश्यक बाँकी प्रक्रिया पुरा गरी अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा पुनः निवेदन गर्नेछन् ।

Ad