Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चौतारी र आरम्भ लघुवित्त गाभिँदै, तीन महिनाभित्र एकीकृत कारोबार थाल्ने योजना

२०७६ जेष्ठ २२ गते

बैंकिङ खबर । चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । बुधबार काठमाडौँमा एक कार्यक्रममका बीच चौतारीका अध्यक्ष जगतबहादुर पोखरेल र आरम्भका अध्यक्ष दीपक तिवारीले एक आपसमा गाभिने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्तको चुक्ता पुँजी १८ करोड ६० लाख रहेको छ भने काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भको चुक्ता पुँजी छ करोड रुपैयाँ रहेको छ । दुबै संस्था एकआपसमा गाभिएपछि कुल चुक्तापुँजी २४ करोड ६० लाख रुपैयाँ पुग्नेछ । त्यस्तै, शाखा संख्या ३० जिल्लामा ७७ पुग्नेछन् ।

दुवै संस्था गाभिएपछि नयाँ संस्थाको नाम आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था हुने भएको छ भने केन्द्रीय कार्यालय बनेपामा रहने भएको छ ।

Ad