Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

गरिमा विकास बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

२०७६ जेष्ठ २१ गते

बैंकिङ खबर । गरिमा विकास बैंक र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले गरिमा विकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने भएका छन् ।