Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रिमियर इन्स्योरेन्सका सेयरधनीलाई बम्पर उपहार, ८३.९९ प्रतिशत लाभांश प्रस्ताव

२०७६ जेष्ठ १७ गते

बैंकिङ खबर । प्रिमियर इन्स्योरेन्स कम्पनीले ८३.९९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको संचालक समितिको बैठकले ७९.७९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ ।

हाल प्रिमियर इन्स्योरेन्सको चुक्तापुँजी ५८ करोड ४० लाख रुपैयाँ रहेको छ । जसअनुसार, सेयरधनीले ४६ करोड ६० लाख रुपैयाँ बराबरको बोनस सेयर पाउनेछन् भने दुई करोड ४५ लाख २६ हजार तीन सय १६ रुपैयाँ नगद लाभांश पाउनेछन् ।

प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्तापुँजी एक अर्ब पाँच करोड रुपैयाँ पुग्नेछ ।