बैंकिङ खबर । पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बैंकमा बीग मर्जर उपयूक्त नहुने बताएका छन् । मिडिया इन्टरनेसनलले विहीबार आयोजना गरेको बजेट समिक्षा कार्यक्रममा उनीहरुले बीग मर्जरले बैंकिङ क्षेत्रमा एकाधिकार हुन सक्ने चेतावनि दिए । पूर्व गभर्नर क्षेत्रीले बीग मर्जर सुन्दा लोकप्रिय सुनिए पनि यसले बैंकिङ क्षेत्रको स्वस्थ प्रतिश्प्रर्धालाई विगार्न सक्ने टिप्पणी गरे । उनले बीग मर्जर गर्दा पाँचवटा बैंक आपसमा गाभ्नुपर्ने भन्दै पुँजी बृद्धिमा सहयोगी भएपनि वित्तीय क्षेत्रमा एकाधिकार हुनसक्ने तर्फ ध्यानाकर्षण गराए । उनले बीग मर्जर भन्दा बैंकिङ क्षेत्रलाई व्यबस्थीत बनाउनतर्फ लाग्न सुझाव दिए ।
त्यसैगरी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं बैंकिङ विज्ञ नरबहादुर थापाले बैंकहरुको बीग मर्जर भएमा कालान्तरमा समस्या आउन सक्ने तर्फ ध्यानाकर्षण गराए । उनले बीग मर्जरबाट ३ वटा सरकारी बैंकहरुलाई गाभ्ने हो भने त्यसले प्रतिश्प्रर्धालाई एकाधिकारतिर लैजान सक्ने खतरा औल्याए । फरक फरक नेचरका बैंकलाई एउटै बनाउने नाममा नीजि क्षेत्रको बाहुल्य हुने गरी मर्ज गर्न नहुने तर्क गरे । थापाले मर्जरबाट बैंकको संख्या घटेपनि त्यसले दिर्घकालीन समाधान गर्न नसक्ने उल्लेख गरे । हालको समस्या मर्जर नभएर वित्तीय पहुँचको बृद्धि र आम नागरिकलाई बैंकिङ कारोबरमा सहभागि गराउनु भएको बताए ।