Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बुटवलबाट थपिँदैछन् दुईवटा राष्ट्रिय स्तरका विकास बैंक

२०७६ जेष्ठ १० गते

बैंकिङ खबर । बुटवलबाट दुई वटा राष्ट्रिय स्तरका विकास बैंक थपिने भएका छन् । बुटवलमा केन्द्रय कार्यालय भएका छ वटा क्षेत्रीय स्तरका बैंकहरु मर्जरमा गएर दुई वटा राष्ट्रिय स्तरको विकास बैंक बन्न लागेका हुन् ।

तिनाउ विकास बैंक लिमिटेड र मिसन डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभिई तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड बन्ने निर्णय गरेको केही महिनामा नै नयाँ बन्ने संस्थाले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती गर्ने सम्झौता गरेको छ । राष्ट्रिय स्तरको विकास बैंक वन्ने लक्ष्यका साथ अगाडी बढेको नयाँ बन्ने तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटडले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ती गरे पश्चात चुक्ता पुँजी १ अर्व ६७ करोड ५७ लाख, १३ अर्व ७७ करोड बढी निक्षेप, १२ अर्व २३ करोड वढी कर्जा पुग्नेछ भने शाखा कार्यालयहरु ६० वटा पुग्नेछन् ।

त्यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंक पूर्णिमा र भार्गव विकास बैंकलाई गाभेर राष्ट्रिय स्तरको बन्न लागेको छ । २०७५ चैत्र मसान्तको विवरण अनुसार, शाइन रेसुंगा डेभलपमेण्ट बैंकको चुक्तापुँजी एक अर्ब ६२ करोड २६ लाख रुपैयाँ रहेको छ भने भार्गव विकास बैंकको चुक्तापुँजी ५० करोड १६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, पूर्णिमा विकास बैंकको। चुक्तापुँजी ५५ करोड १२ लाख रुपैयाँ रहेको छ । दुवै बैंकलाई प्राप्ति गरेपश्चात् शाइन रेसुंगाको चुक्तापुँजी दुई अर्ब ६७ करोड ५४ लाख रुपैयाँ पुग्नेछ ।

Ad