Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

ओम डेभलपमेन्ट बैंकले सूर्या लाईफ इन्स्योरेन्सको पोलिसी बेच्ने

२०७६ जेष्ठ ९ गते

बैंकिङ खबर । ओम डेभलपमेन्ट बैंक लि.र सूर्या लाईफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी र सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी शिव नाथ पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा बैंकले आफ्नो ग्राहक तथा कर्मचारीकोे विभिन्न प्रकारको जीवन बीमा सूर्या लाईफ इन्स्योरेन्स कम्पनीबाट सहजरुपमा गर्ने व्यबस्था गरिने भएको छ । यस सम्झौता मार्फत बैंकका ग्राहकले बैंकका ५३ शाखाबाट सबै प्रकारका जीवन बीमा लेख प्राप्त गर्दै आबश्यक परेको समय दाबी भुक्तानी सहजरुपमा लिन सक्नेछन् ।

यस सम्झौतामार्फत ओम डेभलपमेन्ट बैंकको ग्राहकलाई बैकिङ तथा बीमा एकद्धार प्रणालीबाट प्रदान गर्ने लक्ष्य लिइएको छ ।