Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

ग्लोबल आईएमई बैंक र सूर्या लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

२०७६ जेष्ठ ९ गते

बैंकिङ खबर । ग्लोबल आइएमई बैंक र सूर्या लाइफ इन्सुरेन्स कम्पनी बीच बैंकासोरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि. का १३७ वटै शाखाहरु मार्फत सूर्य लाइफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिने भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका थिए ।