बैंकिङ खबर । तिनाउ विकास बैंक लिमिटेड र मिसन डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभिई तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड बन्ने निर्णय गरेको केही महिनामा नै नयाँ बन्ने संस्थाले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती गर्ने सम्वन्धमा जेठ ७ गते एक कार्यक्रमका विच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा तिनाउ विकास बैंकका अध्यक्ष राजेन्द्र प्रसाद वझा, मिसन डेभलपमेन्ट बैंकका अध्यक्ष टिकाराम घिमिरे र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका अध्यक्ष पशुपति घिमिरेले हस्ताक्षर गरेका छन् । तिनाउ विकास बैंक, मिसन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका सञ्चालहरु, प्रमुख कर्याकारी अधिकृतहरु क्रमशः प्रदिप कुमार श्रेष्ठ, हरी प्रसाद घिमिरे र राजन खनाल लगायतका उच्च कर्मचारीहरुको उपस्थितीमा उहाँहरुले समझदारी पत्र आदान प्रदान गरेका थिए ।
राष्ट्रिय स्तरको विकास बैंक वन्ने लक्ष्यका साथ अगाडी बढेको नयाँ बन्ने तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटडले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ती गरे पश्चात चुक्ता पुँजी १ अर्व ६७ करोड ५७ लाख, १३ अर्व ७७ करोड बढी निक्षेप, १२ अर्व २३ करोड वढी कर्जा पुग्नेछ भने शाखा कार्यालयहरु ६० वटा पुग्नेछन् ।