Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

ज्योति लाईफ इन्स्योरेन्स र नेपाल मेडीसीटी हस्पिटलबीच सम्झौता

२०७६ बैशाख २४ गते

बैंकिङ खबर । ज्योतिलाईफ इन्स्योरेन्स र नेपालमेडीसीटी हस्पिटलबीच सेवा सम्झौता भएको छ । आफ्नो ग्राहकहरुलाई बीमा सेवाका खअतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रमलाइ निरन्तरता दिंदै यस कम्पनीले भैसेपाटी, ललितपुरमा अवस्थित नेपाल मेडीसीटी हस्पिटल संग स्वास्थ्य सेवामा साझेदारी गरेको हो ।

सम्झौतापत्रमा ईफइन्स्योरेन्सका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे ।

सम्झौता पश्चात ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक,अभिकर्ता,कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले हस्पिटलबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा प्राथमिकता तथा भुक्तानी गरिने बिल रकममा विशेष छुट प्राप्त गर्नेछन् ।