बैंकिङ खबर । १ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी भएको निर्धन उत्थानले गत वर्षको तुलनामा ३२ दशमलव १७ प्रतिशतले नाफा बढाएको छ । लघुवित्तले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार ५२ कारोड ७५ लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ३९ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
निक्षेप तथा लगानी
चैत मसान्त सम्म लघुवित्तले ७ अर्ब ६२ करोड रुपैयाँ बारोइङ गरेको छ भने १० अर्ब २७ करोड निक्षेप संकलन गरेको छ । लघुवित्तले यो अवधिमा १८ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
खुद ब्याज आम्दानी
लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब १५ करोड ६० लाख रुपैयाँ ब्याज आम्दनी गरेको छ । गत वर्ष लघुवित्तको ब्याज आम्दानी ९४ करोड ६५ लाख रुपैयाँ थियो ।
सूचकहरु
लघुवित्तको पूँजी कोष अनुपात ११.८६ प्रतिशत, खराब कर्जा १.१३ प्रतिशत, प्रतिशेयर आम्दानी ५८ रुपैयाँ ६२ पैसा र प्रतिशेयर नेटवर्थ २ सय १५ रुपैयाँ ६४ पैसा रहेको छ ।