बैंकिङ खबर । ज्योति लाईफ इन्स्योरेन्स र सुमेरु अस्पतालबीच सम्झौता भएको छ । आफ्नो ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवा तथा सुविधा विस्तार गर्ने क्रममा सुमेरु अस्पताल धापाखेल ललितपुरसँग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता भएको हो ।
सम्झौतापत्रमा इन्स्योरेन्सका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र अस्पतालका प्रबन्ध निर्देशक हेमराज दाहालले हस्ताक्षर गरे ।
उक्त सम्झौतामा इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक,अभिकर्ता,कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले सुमेरु अस्पतालबाट उपलब्ध हुने उच्च स्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।
सम्झौता पछि कम्पनीसँग आबद्ध सम्पूर्ण महानुभावहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ ।


