Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सिन्धु बिकास बैंकबाट जनरल इन्स्योरेन्सको बीमा सेवा पाइने

२०७६ बैशाख ९ गते

बैंकिङ खबर । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि( जिआईसि नेपाल) र सिन्धु बिकास बैंकबीच बीमा सेवा सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैंक बीच आईतबार आयोजित एक कार्यक्रमबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमति पछि बैंक्का ग्राहकले जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन ।