Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

लुम्बिनी जनरल इन्स्योरेन्सको आयोजनामा इन्टरनेशनल गल्फ टुर्नामेन्ट सम्पन्न

२०७६ बैशाख ८ गते

बैंकिङ खबर । लुम्बिनी जनरल इन्स्योरेन्सको आयोजनामा भएको २ दिने अन्तराष्ट्रिय गल्फ प्रतियोगिता सम्पन्न भएको छ । युवा र प्रौढ गरि दुई समूहमा विभाजन गरिएको उक्त टुर्नामेन्ट २०१९ मा ९७ जना खेलाडीको सहभागिता रहेको थियो । जसमा १२ जना साना र ८५ जना सिनियर खेलाडीहरु रहेका थिए ।

खेलकुद मार्फत पनिआफ्नो गुडविललाई बजारमा लैजान सकिन्छ र खेलको विकासमा सानै भएपनि यस किसिमको सहयोग खेलाडी एवं क्लब लाई गर्न पाएकोमा आफुहरु खुशी भएको लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहरदास मुलले बताए ।

कार्यक्रममा उत्कृष्ट अर्थात सुपर सिनियर खेलाडी विजय मोक्तान घोषित भएका थिए । विजयी खेलाडीहरुलाई रोयल नेपाल गल्फका अध्यक्ष प्रचण्डमान श्रेष्ठ र इन्स्योरेन्सका अध्यक्ष मनोहरदास मुल र कम्पनीका सिइओ नुरप्रकाश प्रधानले उत्कृष्ठ खेलाडीहरुलाई अर्वाड हस्तान्तरण गरेका थिए ।

हाल ४५ शाखा मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा तथा सुबिधा उपल्ब्ध गराउदै आएको छ । कम्पनीले चालु आ.ब. भित्रै तोकिए बमोजिमको चुक्ता पूँजी पु¥याउने छ ।