Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

ज्योति लाईफ इन्स्योरेन्स र बैंक अफ काठमाण्डौबीच सम्झौता

२०७६ बैशाख ८ गते

बैंकिङ खबर । बैंक अफ काठमाण्डौले संचालनमा ल्याउन लागेको नयाँ बचत खाता योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुलाइ जीबन बीमा तथा घातक रोग उपचार सेवा उपलब्ध गराउने सम्बन्धमा ज्योति लाईफ इन्स्योरेन्स र बैंक अफ काठमाण्डौ विच सम्झौता भएको छ ।

उक्त सेवा अन्तर्गत बैंक अफ काठमाण्डौका ग्राहकहरुको कुनै पनि कारणले हुने मृत्यु तथा १५ वटा घातक रोगहरु मध्ये कुनै पनि रोगलागेको प्रमाणित भएमा उपचार खर्च वापत बीमाङ वापतको रकम भुक्तानी गरिनेछ ।

सम्झौताबाट बैंक अफ काठमाण्डौका उल्लेखित बचत योजना काग्राहकहरुले बैंकिङ्ग सेवाका अतिरिक्त ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको उच्च स्तरिय बीमा सेवा निशुल्क प्राप्त गर्नेछन् ।