Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वदेशी लघुवित्तको नाफा ९२ प्रतिशतले बढ्यो

२०७६ बैशाख ६ गते

बैंकिङ खबर । २३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको स्वदेशी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२ दशमलव ३ प्रतिशतले बढी हो । गत वर्षमा २ करोड ५० लाख रुपैयाँ बराबर खुद नाफा आर्जन गरेको थियो।

बचत तथा कर्जा
आर्थिक वर्षको तेस्रो त्रैमासमा ९१ करोड २९ लाख रुपैयाँ बचत संकलन गरी ३ अर्ब ४ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिब वर्षको सोही अवधिमा लघुवित्तले ५५ करोड २१ लाख रुपैयाँ बचत संकलन गरेको थियो भने २ अर्ब ९ करोड कर्जा लगानी गरेको थियो ।

खुद ब्याज आम्दानी
चालु आवको तेस्रो त्रैमासमा लघुवित्तले १६ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ५३ दशमलवले बढी हो । लघुवित्तले गत वर्ष १० करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

सुचकहरु
लघुवित्तको प्रतिशेयर नेटवर्थ १ सय ६९ रुपैयाँ ४० पैसा, निष्कृय कर्जा अनुपात १.९९ प्रतिशत, प्रतिशेयर आम्दानी भने २९ रुपैयाँ ४ पैसाबाट २७ रुपैयाँ ९३ पैसामा झरेको छ।

Ad