
बैंकिङ खबर । स्वदेशी लघुवित्तको बयरबन शाखाले पहिलो केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शाखा कार्यलय अन्र्तगतको विभिन्न केन्द्रबाट ५० जना केन्द्र प्रमुखहरुको सहभगीता रहेको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधी, प्रहरी, स्वास्थ्यकर्मी र लघुवित्तको केन्द्रीय कार्यलयका प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो ।
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राम काफ्लेले कार्यक्रमलाई सम्बोधन गर्दै कर्जाको सही सदुपयोग गरी उद्यमी बन्न आग्रह गरे । लघुवित्तका नायव प्रमुख कार्यकारी अधिकृत राजेन्द्र न्यौपानेले लघुवित्तको सुरुवात, महत्व र महिला बर्गलार्इ समेटेर कार्यक्रम सञ्चानल गर्नुको औचित्यबारे प्रस्ट पारे । लघुवित्तका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाईले सहभागिहरुको गुनासोको सम्बोधन गर्दै आगामी दिनमा संस्थाले प्रदानगर्ने सेवा सुविधालाई ग्रहकमुखी बनाउदै लैजाने र संस्थामा आबद्ध सदस्यहरुलाई विभिन्न किसिमका सिपमुलक तालिम प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।