बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आगामी शनिवार राजश्व बुझ्ने बैंकका शाखा सञ्चालनमा लयाउन निर्देशन दिएको छ । चैत मसान्त राजश्व बुझाउने कामका लागि कर कार्यालयहरु सञ्चालनमा आउने भएपछि राजश्व प्रयोजनका लागि कार्यालयहरु खुल्ला राख्न निर्देशन दिएको हो ।
अर्थमन्त्रालयले राजश्व प्रयोजनका लागि चैत ३० गते शनिवार विदाको दिन परेकाले उक्त दिन पनि बैंक खोल्न आग्रह गरेपछि केन्द्रिय बैंकले निर्देशन दिएको जनाएको छ ।