Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

गणपति माइक्रोफाइनान्सद्धारा च्याउ खेती तालिम सम्पन्न

२०७५ चैत्र २७ गते

बैंकिङ खबर । गणपति माईक्रोफाइनान्सको शाखा कार्यालय कुस्मा पर्वतले मिति संस्थामा आबद्ध सदस्यहरु मध्ये २३ जना सदस्यहरुलाई निःशुल्क १ दिने च्याउ खेती तालिम प्रदान गरेको छ । तालिम कृषीज्ञान केन्द्र, पर्वत वागवानी विकासका अधिकृत सोनी रानाले सहजिकरण गरेका थिए ।

संस्थामा आबद्ध सदस्य कृष्ण कुमारी उपाध्याय ले तालिमको उद्धघाटन गर्दै संस्थाले प्रदान गर्ने यस्ता विविध किसीमका तालिमले ग्राहक सदस्यहरुलाई सिप सिकी आत्मनिर्भर भई कार्य गर्न मद्दत पुग्ने गरेको जानकारी गराए ।

संस्थाले २०७५ फागुन मसान्त सम्ममा १५ जिल्लाका २८ वटा शाखा कार्यालयहरु मार्फत १३ हजार ९ सय ४६ घर परिवारमा वित्तीय सेवा पु¥याई रहेको र लगानीमा रहीरहेको कर्जा रकम ७४ करोड ७६ लाख ७१ हजार रहेको छ । साथै वित्तीय संस्थाले फागुन मसान्त सम्म१९ करोड ५८ लाख बचत संकलन गरेको छ ।

Ad