बैंकिङ खबर । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले संस्थाका आफ्ना २० जना शाखा प्रमुखहरुको सहभागितामो काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा “लघुउद्यम विकास तालिम” सम्पन्न गरेको छ । तालिममा प्रशिक्षकहरु मालपोत कार्यालयका मालपोत अधिकृत बिनोद कोईराला, भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रका निर्देशक लेखनाथ दाहाल, सेन्च्युरी कमर्शियल बैंक लिमिटेडका शाखा प्रमुख प्रशान्त उपाध्याय, आरम्भ माइक्रोफाइनान्सका कर्मचारीहरु पवन कुमार श्रेष्ठ, युवराज शर्मा पौडेल, सुमन दवाडी, हरि प्रसाद सापकोटा रहेका थिए ।
तालिममा सहभागीहरुले आयआर्जन, स्वरोजगार र ब्यवसाय बीच भिन्नता, लघुउद्यम कर्जाको अवस्था, आवश्यकता र महत्व, ग्राहक पहिचान÷विश्लेषण, ब्यवसायिक योजना, धितो कर्जामा पठाउँदा देखिएको कैफियतहरु, धितो कर्जा सम्बन्धी सम्पूर्ण आवश्यक कागजातहरु, फारामहरु तथा तमसुकका प्रकारहरु र लेखन, धितो कर्जाका प्रकार, सीमा र ब्याजदर, सेवा शुल्क, धितो मूल्याकन तरिका, कर्जा विश्लेषण, असल परियोजना छनौट प्रक्रिया, धितो राख्न हुने र नहुने जग्गाहरु, रोक्का गर्दा ध्यान दिनु पर्ने कुराहरु लगायतका विषयमा जानकारी हासिल गरेका थिए ।
हालसम्म संस्थाले १५ जिल्लामा २० शाखा कार्यालयहरु मार्फत आफ्ना ग्राहकलाई लघुवित्त सेवा प्रदा नगर्दै आएको छ । संस्थाले २०७५ फाल्गुण मसान्तसम्ममा १४ हजार १९९ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ ।