बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको मुरली भञ्ज्याङ शाखाले आफ्नो शाखा अन्र्तगतका केन्द्र प्रमुखहरुको गोष्ठि तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ ।
कार्यक्रममा बट्टार अनुगमन कार्यालयका अनुगमन अधिकृत सरोज पण्डितले आर्थिक तथा सामाजिक विकासमा संस्थाले सकारात्मक भूमिका खेलेको बताए । साथै, संस्थाले महिलाहरुको सशक्तिकरणको लागि बिभिन्न तालिम, गोष्ठिहरुको आयोजना गर्दै आइरहेको जानकारी दिए ।
त्यस्तै, संस्थाका शाखा प्रमुख सुरज बास्तोलाले शाखाको बार्षिक कार्य प्रगति तथा समिक्षा प्रस्तुत गर्दै संस्थाले धादिङमा रहेर घरदैलो बैकिङ सेवा मार्फत महिलाहरुलाई सक्षम र सबल बनाउन मद्दत गरेको बताए ।
साक्षरता कार्यक्रममा उत्कृष्ट केन्द्र तथा एसइइ मा सदस्यहरुको छोराछोरी मध्य उत्कृष्ट अंक हासिल गर्ने १ जनार्लाै छात्रबृत्रि प्रदान गरिएको थियो । त्यस्तै , केन्द्र नं. २२ का जुनकिरी भुजेलका श्रीमानको मृत्यु बापत २ लाखको बीमा दाबि भूक्तानी समेत गरिएको थियो ।
संस्थाले वित्तीय साक्षरता तथा सामाजिक बिकासको चेतना अभिबृद्धिका कार्यक्रमहरु गर्दै आइरहेको छ । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय स्थापना गरी हाल ४८ जिल्लामा ९२ शाखा कार्यालय मार्फत देशका बिभिन्न भागहरुमा कार्य गरिरहेको छ ।