Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेशनल माइक्रोफाइनान्सद्धारा हावाहुरी प्रभावितलाई राहत वितरण

२०७५ चैत्र २४ गते

बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्सको शाखा कार्यालय मोतिसरले विनाशकारी हावाहुरीबाट प्रभावित संस्थामा आवद्ध भएका ग्राहक सदस्यहरुलाई राहत वितरण गरेको छ । यस्ता खालका सहयोग संस्थाले गर्दै आएको छ ।

राहत वितरण कार्यक्रमको प्रमुख रामबहादुर यादवले संस्थाले आफ्नो समाजिक उतरदाइत्व अन्तर्गत संस्थामा आवद्ध भएका गहक सदस्यहरुलाई हवाहुरीबाट भएको पिडामा मलम लगाउने काम गरेको साथै संस्थाले आफ्नाग्राहक सदस्यहरुलाई कर्जा बचत मात्र नभई समाजिक उत्तरदाइत्व अन्तर्गत ग्राहकको हकहितमा सधैभरि विभिन्नकार्यक्रम गरेर लघुवित संस्थाहरु मध्ये एउटा छुटटै पहिचान बनाएको जानकारी दिए ।

कार्यक्रममा कुल १ सय ८० जनाग्राहक सदस्यहरुलाई जनही चामल १ बोरा, चिउरा २ किलो, दाल १ किलो, चिनी १ किलो, नुन १ किलो, तेल १ लिटर, मशाला १प्याकेट, झुल १ थान र तन्ना १ थान समाग्रीहरु वितरण गरिएको थियो ।

Ad