बैंकिङ खबर । मेरो माईक्रोफाईनान्स लघुवित्तको शाखा कार्यालय डुमरिया रौतहटले वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता अभिवृद्घी कार्यक्रम सम्पन्न गरेको छ । जितपुर अनुगमनका अनुगमन अधिकृत रामकिशोर प्रसाद कुश्वाहा तथा गुजरा न.पा. को उप प्रमुख रोशन खातुन तथा चन्द्रपुर न.पा.को उप प्रमुख रामरती चौधरीले कार्यक्रमको उद्घाटन गरे ।
कार्यक्रममा १ सय २२ वटा केन्द्र प्रमुख हरुको उपस्थिती रहेको थियो । वित्तिय साक्षरता सम्वन्धी कार्यक्रम समेत संचालन गरिएको थियो । साथै यस संसथाको सदस्यहरुको छोरा/छोरी मध्ये २०७४ सालको एसईईमा बढि अंक प्राप्त गरी हाल चन्द्रपुर नगरपालिका ८ की सदस्य रजनी चौधरीकी छोरा रिलेश चौधरीलाई छात्रबृती स्वरुप १२ हजार तथा उत्कृष्ट केन्द्रहरु मध्ये प्रथम द्धितिय तृतिय तथा सन्तावना लाई क्रमश ३ हजार, २ हजार,१ हजार र ५ सय रुपैयाँ वितरण गरिएको हो ।