बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारको विकासका लागि विदेशी लगानीकर्ता भित्र्याउनु पर्ने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स एसोसिएसनले आयोजना गरेको साफ इन्टरनेशनल कन्फ्रेन्सलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले बैंकिङ, बीमा र पूँजी बजारमा पनि विदेशी लगानी आवस्यक रहेको बताएका हुन् ।
अर्थमन्त्री खतिवडाले वित्तीय र मौद्रिक उपकरणको विस्तारका लागि कुनै न कुनै सिसाबले विदेशी लगानीको आवस्यकता भएको बताउँदै त्यसका लागि आवस्यक नीतिगत व्यवूथा गर्दै जानुपर्ने बताएका हुन् ।
आर्थिक दृष्टिकोणले नेपाल बलियो सम्भावना भएको मुलुक भएकोले विदेशी र स्वदेशी निजी क्षेत्रको लगानी वृद्धिका लागि सरकारले नीतिगत रुपमै सम्पत्ति संरक्षण व्यवस्था गर्नुपर्ने बताएका हुन् । अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि पनि बाह्य लगानी आवश्यक भएकाले सरकारले लगानी सम्मेलनमार्फत विदेशी लगानीकर्ताहरूलाई लगानी गर्न आग्रह गरेको बताए ।