बैंकिङ खबर । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले SwissContact को नेपाल एग्रीकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम–सहजसँग सम्झौता गरेको छ । लघुवित्तले प्रदेश नं १ अन्तर्गत पर्ने ईलाम र पाँचथर जिल्लाको ४ वटा शाखा कार्यालयहरु मार्फत अदुवा र अलैची खेती गर्ने आफ्नो ग्राहक साना किसानहरुको अदुवा र अलैची खेती गर्न आवश्यक पर्ने ब्यवहारिक ज्ञान , सिप तथा क्षमताको अभिबृद्धि गर्न तथा वित्तिय साक्षरता बृद्धि गर्ने उद्धेश्यले SwissContact को नेपाल एग्रीकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम–सहज विच सम्झौता गरेको हो ।
सम्झौता पत्रमा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्मा र SwissContact को सहज प्रोग्रामको तर्फ बाट टिम लिडर जि.बी. बन्जाराले हस्ताक्षर गरे । सहज प्रोग्राम नेपाल सरकार र स्वीट्जरल्याड सरकारको संयुक्त प्रयासमा संचालन भएको कार्यक्रम हो ।
कार्यक्रमबाट लक्ष्मी लघुवित्तले आफ्ना ग्राहकहरुलाई वित्तीय सुविधाको अतिरिक्त गैर वित्तीय सेवाहरु पनि प्रदान गरी ग्राहक सदस्यहरुको क्षमता अभिबृद्धिबाट निजहरुको उत्पादन र उत्पादकत्व बृद्धिमा सुधार आउने विश्वास लिएको छ ।
लघुवित्तले हाल ४७ वटा जिल्लामा लघुवित्त सम्बन्धी कार्यक्रम संचालन भएको छ । संस्थाको हाल ७७ हजार ६ सय ६६ ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदा नगर्दै आएको छ । भने ४२ हजार ४ सय ७७ ग्राहक सदस्यलाई ३ अर्व ३५ करोड कर्जा लगानी गरेको छ । त्यस्तै गरी ग्राहक सदस्यहरुबाट १ अर्व १४ करोड बचत पनि संकलन गरेको छ ।