बैंकिङ खबर । राष्ट्रिय विकास परिषद्को बैठक बुधबारबाट सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको उद्घाटन गरेका छन् । बैठकमा नेकपा अध्यक्ष प्रचण्ड, अर्थमन्त्री डा. यूवराज खतिवडा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, कांग्रेस नेता विजयकुमार गच्छेदार लगायतको उपस्थिति रहेको छ ।
राष्ट्रिय योजना आयोगले तयार पारेको १५ औँ पञ्चवर्षिय योजनाको आधारपत्रलाई अन्तिम रुप दिनको लागि योजना आयोगले राष्ट्रिय विकास परिषद्को बैठक बोलाएको हो । बैंठकको उद्घाटन सत्रमा अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा दोहोरो अंकको आर्थिक बृद्धिदर कसरी गर्न सकिन्छ भन्ने कुरालाई आगामी पञ्चवर्षिय योजनामा उल्लेख गर्नुपर्ने बताए । परिषद्को बैंठक दुई दिन सम्म चल्ने छ ।