बैंकिङ खबर । बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई आवस्यक तालिम उपलब्ध गराउ सकिरहेका छैनन् । बीमा कम्पनीहरु व्यापार विस्तारमा मात्र ध्यान दिदा अभिकर्ताहरुलाई दक्ष बनाउन नसेकेको देखिन्छ । पछिल्लो समय ९ वटा जीवन बीमा कम्पनीहरु आएसँगै भएको अस्वस्थ प्रतिस्पर्धाले गर्दा दक्ष अभिकर्ता पाउन नसेको देखिन्छ । जसो तसो अभिकर्ता बनाएर गाउँमा पठाउने र उनीहरुलाई बीमा विक्री गरे बापतको कमीसन पाउनुहुन्छ भन्ने मात्र बीमा कम्पनीहरुमा देखिएको छ । टार्गेट पेश गरेर आफ्नो लाभका योजनाहरु ल्याउने र अभिकर्तालाई प्रेसरमा काम गराउने भइरहेको छ । अनि अभिकर्ताले ग्राहकको अवस्था भन्दा माथिको र अभिकर्तालाई नै थाहा नभएको बीमा पोलिसिहरु जवरजस्ती विक्री भएको अवस्था बजारमा देख्न सकिन्छ । यसै विषयमा महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँग गरिएको कुराकानी । (भिडियोमा हेर्नुहोस्)