बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय चोकदे, नुवाकोटले संस्थामा आवद्ध सदस्यहरुलाई १ दिने व्यवसायिक पशुपालन तालिम अन्र्तगत उन्नत जातका बाख्रापालन तालीम सम्पन्न गरेको छ । उक्त तालिममा प्रशिक्षक स्रोत व्यक्ति प्राविधिक सनम परियार रहेको थिए ।
तालिममा सदस्यहरुले बाख्राका स्थानीय र उन्नतजातहरु, भौगोलिक रुपमा उपयुक्त जातहरु, दानाको प्रकार, बाख्राको लागि उपयुक्त घाँस र प्रयोग गर्ने तरीका , जिबाणु तथा विषाणुबाट लाग्ने विभिन्न सम्भावित रोगहरु , लक्षण , रोकथाम र उपचार तथा बाख्रा पालन गर्दा ध्यान पु¥याउनु पर्ने कुराहरुको बारेमा जानकारी हासिल गरेका थिए ।
साथै, शाखा प्रबन्धक झपट बहादुर खड्काले स्वागत मन्तव्य तथा तालीमको औचित्य प्रकाश पारेका थिए ।
त्यसैगरी शाखा कार्यालय खहरे बजार, पाल्पाले पनि संस्थामा आवद्ध १ सय ६ जना सदस्यहरुलाई २ दिने व्यवसायिक पशुपालन तालिम तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमका स्रोत व्यक्ति प्राविधिक सन्तोष कुमार ठाकुर रहेका थिए ।
शाखा प्रबन्धक गोविन्द पाण्डेयले स्वागत मन्तव्य तथा तालीमको औचित्य प्रकाश पारेका थिए ।
त्यसैगरी शाखा कार्यालय रजहर, नवलपुरले २ दिने वित्तिय साक्षरता कार्यक्रम संस्थामा आवद्ध सदस्यहरुलाई रजहर, नवलपुरमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शाखा प्रबन्धक सरस्वती तिवारीले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्य माथी प्रकाश पारेकी थिईन् ।