बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाद्वारा नयाँ नियुक्त भएका कर्मचारीहरुलाई लघुवित्त सम्बन्धी ४ दिने आधारभूत तथा अभिमुखीकरण तालिम शुरु गरेको छ । संस्थाका अध्यक्ष सञ्जीव मानन्धरले उद्घाटन गरेका कार्यक्रममा ६९ जना कर्मचारीहरुको सहभागिता रहेको छ ।
नवनियुक्त कर्मचारीहरुलाई कार्यगत जिम्मेवारी दिई कार्यक्षेत्रमा पठाउनु अघि सहजीकरण गराउने तथा लघुवित्त सम्बन्धी कार्यप्रकृया तथा नीतिनियमको बारेमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
चैत्र २२ गतेसम्म सञ्चालन हुने उक्त तालिममा सहभागी कर्मचारीहरुलाई संस्थाले प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा जानकारी गराइने संस्थाले जनाएको छ । कार्यक्रममा योजना, अनुगमन तथा सुपरिवेक्षण विभाग प्रमुख राजु प्रसाद पुडासैनी, कर्जा बिभाग प्रमुख शेर बहादुर गुरुङ, कार्यक्रम तथा पुनःलाभ परियोजनाका प्रमुख माधब न्यौपाने, पुस्कर घिमिरे लगायत कर्पोरेट कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको छ ।
समुद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष मानन्धरले तालिममा सहभागी कर्मचारीहरुलाई सकारात्मक उर्जा लिएर कार्यक्षेत्रमा गई आफ्नोे काम कुशलतापूर्वक प्रस्तुत गर्नुपर्ने बताए । त्यस्तै संस्थामा रहेर कर्मचारीहरुले आफ्नोे पेशाप्रति इमान्दार, असल आचरण, व्यवहारिक हुनुका साथैे नतिजामुखी कार्यले सँधै अगाडी बढाउनुका साथै कर्मचारीको मनोबल बढ्दै जानेमा आफू विश्वस्त जानकारी दिए ।
त्यसैगरी संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले सर्बसाधारणमा पहुँचको बृद्धि र बिस्तारका लागि वित्तीय संस्थाले ब्यावसायिक टेवा पु¥याएको छ । प्रतिस्पर्धी बजारमा संगठनलाई बिस्तार गर्दै केही समयभित्र ७७ जिल्लामा पु¥याउने लक्ष्य रहेको छ । गत चैत्र १७ गते राति आएको हावाहुण्डरीबाट प्रभावित बारा र पर्साका ग्राहकहरुलाई २ हजारका दरले ५१ घरपरिवार र काजकिरिया खर्च वापत १५ हजार मृतक घरपरिवारलाई सहयोग गरिएको समेत बताए ।
हालसम्म लघुवित्त वित्तीय संस्थाले ४८ जिल्लामा ९४ शाखा मार्फत ९१ हजार विपन्न परिवारहरुलाई लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।