बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था शाखा कार्यालय धरान स्थित पाचंकन्याले मृतक परिवारका सदस्यलाई बीमा रकम प्रदान गरेको छ । धरान ८ गोविन्द रोड गठन भएको गोविन्द रोड महिला स्वावलम्बी समुहकी सदस्य पविदा देवि कार्र्कीका श्रीमान धन बहादुर कार्कीको निधन भएपछि निज सदस्यलाई आज एक कार्याक्रमको बिच क्षतिपुर्ति बापतको रकम १४ हजार प्रदान गरिएको छ ।
उक्त रकम मृतककी श्रीमती पविदा देवि कार्र्की लाई शाखा कार्यालय पाचकन्या सहायक कर्मचारी चुडामणी पौडेलले प्रदान गरेका हुन् ।
संथाले समुहका सदस्यले कर्जा लिए बापत बैकको बीमा नियम अनुसार सदस्यको कालगतीमा मृत्यु भए बापत १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यु भए बापत २ सय प्रतिशत क्ष्तिपुर्ति रकम साथै श्रीमानको मृत्यु भएमा १४ हजार क्षतिपुर्ति बापतको रकम दिने व्यवस्था गरिएको छ।