बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स बित्तीय संस्थाको बट्टार शाखाले आफ्नो केन्द्र अन्तरगत केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा कर्पोरेट कार्यालयका बरिष्ठ अधिकृत पुष्कर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उनले जनताको घर दैलोमै पुगेर वित्तीय चेतनाको विकास गर्ने एवं थोरै थोरै ऋण प्रवाह गर्ने भएकोले महिलाहरुलाई सशक्तीकरण गर्नका लागि वित्तीय साक्षरता तथा सामाजिक विकासको चेतना अभिवृद्धिका कार्यक्रमहरु गर्दै आएको बताए। कार्यक्रममा १ सय ३५ केन्द्रका केन्द्र प्रमुखहरुको सहभागीता रहेको थियो ।
त्यस्तै बट्टार अनुगमन कार्यालयका अनुगमन अधिकृत सरोज पण्डितले संस्थाले ग्राहकहरुको कार्यक्षेत्रका आधारमा विभिन्न प्रकारमा सेवाहरु छुट्याइएको र त्यसलाई भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बट्टार शाखाका शाखा प्रमुख सुसन श्रेष्ठले संस्थाले लघुउद्यमी साना ब्यवसायी बनाउन विभिन्न सीपमुलक तालीम, गोष्ठीहरु गर्दै आएको जानकारी दिए । कार्यक्रममा उत्कृष्ट केन्द्रलाई सम्मान समेत गरिएको संस्थाले जानकारी दिएको छ ।