Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वदेशी लघुवित्तले दियो मृतकको परिवारलाई बीमा रकम

२०७५ चैत्र १७ गते

बैंकिङ खबर ।स्वदेशी लघुवित्त वित्तीय संस्था शाखा कार्यालय बाणगंगा कपिलवस्तुले संस्थामा आवद्ध ३ मृतक सदस्यका घरपरिवारलाई कर्जा बीमा रकम हस्तान्तरण गरेको छ । शाखा कार्यालयकको केन्द्र नं.०२१ मा आबद्ध भई बचत तथा कर्जा कारोबार गर्दै आएका बाणगंगा नगरपलिका वडा नं.११ की मिना बिक, दुखनी थरुनी र सोही केन्द्रकै सदस्यको श्रीमानको मृत्यु भएको हुँदा निजको घरपरिवारलाई कर्जा बीमा बापत रकम हस्तान्तरण गरिएको हो ।

कर्जा बीमा बापत आएको रकम मृतकको परिवारलाई बाणगंगा नगरपलिका वडा नं.११ का वडा अध्यक्ष सोमनाथ अर्यालले हस्तान्तरण गर्दैे लिएको कर्जाको सहिसदुपयोग गरि आफ्नो जीवनस्तरमा सुधार गर्दै यस्ता वित्तीय संस्थाबाट अझ धरै लाभ लिन सक्ने बताए ।

कार्यक्रममा बोल्दै अर्यालले अगामी दिनमा जुनसुकै सामाजिक कार्यक्रम हुँदा स्वदेशी लघुवित्त र ११ नं. वडा सँगै सहकार्य गरि कार्य गर्ने र यस्ता उदाहरणी कार्य गर्ने स्वदेशी लघुवित्तलाई शुभकामनाका साथ धन्यवाद ज्ञापन गरे ।

संस्थाले प्रदान गर्ने बिमा तथा अन्य सेवा सुविधा बारे प्रस्ट पार्दै यसै शाखाका शाखा प्रमुख सन्तोष कुमार चौधरीले दिवंगत मृतात्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति समावदेना व्यक्त गरे ।

Ad