बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तिय संस्थाले संस्थामा आवद्ध ग्राहक सदस्यहरुलाई २ दिने “बेमौसमी तरकारी खेती प्रविधि विषयमा तालिम प्रदान गरेको छ । सो तालिम कृषी प्रर्बद्धन शाखा सुन्दरहरैचा कार्यालयका मन कुमार राईले प्रदान गरेका थिए।
कार्यक्रममा सहभागीहरुले नेपालमा कृषीको महत्व, बैमौसमी तरकारी खेतीको महत्व, बेमौसमी तरकारी खेतीबाट हुने फाईदाहरु र त्यसलाई स्याहार गर्दा ध्यान दिनुपर्ने कुराहरु साथै परम्परागत कृषी तथा ब्यवसायिक कृषी मध्ये कुनबाट बढि फाईदा लिन सकिन्छ सो को बिस्तृत रुपमा जानकारी हासिल गरेका थिए ।
साथै, किसानको आर्थिक अवस्थामा ल्याउने सुधार, बेमौसमी खेतिको लागी विरुवा कसरी बनाउने, विरुवाहरुमा लाग्ने रोगहरुका बारेमा, रोग कसरी पहिचान गर्ने, खेतमा मलहरु कसरी प्रयोग गर्ने तथा रोगहरुलाई रोकथाम लगायतका विषयहरुमा समेत जानकारी लिएका थिए ।
कार्यक्रममा बोल्दै, संस्थाका प्रमुख व्यपार अधिकृत श्रीधर गौतमले संस्थाले प्रदान गरेको तालिमलाई व्यवहारमा समेत लागु गर्न आग्रह गर्दै सहभागीलाई सफलताको शुभकामना व्यक्त गरे ।