Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्पर्स लघुवित्तले दियो ग्रहाक सदस्यलाई कृषी तथा पशुपालन सम्बन्धी तालिम

२०७५ चैत्र १७ गते

बैंकिङ खबर । स्पर्स लघुवित्त वित्तीय संस्था शाखा कार्यालयहरु सुक्रौली, सेमरी र भुताहान वलपरासीले सयुक्त रुपमा ग्राहाक सदस्यहरुका लागी कृषी तथा पशुपालन सम्बन्धी तालिम दिएको छ । व्यावसायीक रुपमा कृषी तथा पशुपालन गरीरहेका किसान र कृषी तथा पशुपालन गरी व्यावसाय विस्तार गर्न उत्सुक ४१ जना किसान, महिला सदस्यहरुका लागि तालिम दिइएको थियो ।

तालिमको स्रोत व्यक्ति पशु विज्ञ धिरेन्द्र प्रसाद यादवले पशुपालन सम्बन्धी र कृषी विज्ञ चेत नारायण रायले कृषी सम्बन्धी तालिम दिएका थिए ।

स्रोत व्यक्तिहरुले कृषी तथा पशुपालन गर्दा ध्यान दिनु पर्ने कुराहरु समस्या आएमा त्यसलाई समाधान कसरी गर्ने उपायहरुको बारेमा जानकारी गराइएको थियो । इरादाचौधरीले व्यावसायीक तरकारी खेती गरी सफलता पाएको र सृजना चौधरीले भैसि पालन गरी दैनिक ४० लिटर दुध बेचि आत्मनिभर भएको जानकारी गराएको थियो ।

Ad