Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यूनाइटेड फाइनान्समा भारतको मुथुत फाइनान्सले ४० करोड लगानी गर्यो

२०७५ चैत्र १६ गते

बैंकिङ खबर । चौधरी ग्रुपको प्रामोटर शेयर रहेको युनाइटेड फाइनान्समा भारतको मुथुत फाइनानसले ३९ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ । लगानी सम्मेलनमा एमआयू हुनु पुर्व नै मुथुत फाइनान्सका अध्यक्ष एमजी जर्ज मुथुतले युनाइटेड फाइनान्सका अध्यक्ष बसन्त चौधरीलाई ३० बिलियन अर्थात ३९ करोड ९० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए । लगानी सम्मेलनमा उक्त लगानी सम्बन्धी हस्ताक्षर भएको छ । लगानी सम्मेलनमा भाग लिन नेपाल आएका मुथुत समूहका समेत अध्यक्ष रहेका एमजी जर्ज मुथुत र युनाइटेड फाइनान्सका अध्यक्ष चौधरी बीच चेक आदानप्रदान भएको हो ।

करीब ६ महीना अगाडी नै युनाइटेड फाइनान्समा मुथुत फाइनान्सले लगानी गर्ने सहमति भएको थियो । तर लगानी सम्मेलन २०१९ को अवसर पारेर लगानी सम्झौतामा हस्तारक्षर भएको हो । यसअघि नै यूनाइटेड फाइनान्सको साधारणसभाले प्रतिकित्ता १ सय ९० रुपैयाँका दरले मुथुत फाइनान्सलाई २१ लाख कित्ता बिक्री गर्ने विषेश प्रस्ताब पारित थियोे छ ।

हाल फाइनान्सको चुक्ता पुँजी ८० करोड ५ लाख रुपैयाँ छ । जसमा मुथुत फाइनान्सले ३९ करोड ९० लाख रुपैयाँ लगानी गरेको हो । फाइनान्सले ०७५ पुस मसान्तसम्ममा ५ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । यो अवधिमा कम्पनीले ३ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । फाइनान्सको प्रतिसेय
र आम्दानी ६ रुपैयाँ ३३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ९ पैसा छ ।

लगानी सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मुथुत फाइनान्सका अध्यक्षले नेपालको बीमा र शीक्षा क्षेत्रमा पनि लगानी गर्ने इच्छा प्रकट गरेका ।

Ad