बैंकिङ खबर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीको लागि उत्कृष्ट गन्तव्य रहेको भन्दै विदेशी लगानीकर्तालाई निर्धक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । नेपाल लगानी सम्मेलन २०१९ को उद्घाटन गर्दै प्रधानमन्त्री आलीले विदेशी लगानीकर्तालाई नेपालमा लगानीको उपयूक्त वातावरण रहेको भन्दै लगानी गर्न आग्रह गरेका हुन् । नेपालमा संविधान बनेर राजनीतिक स्थिरता कायम भएको तथा सरकारले लगानीको वातावराण निमार्ण गरिरहेकोले लगानी गर्न उपयूक्त समय यही रहेको उनको भनाई छ ।
नेपाल सरकारले समृद्ध नेपाल सुखि नेपालीको नारा सहित दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष लिएर अगाडी बढेकोले उक्त उद्देश्य पुरा गर्नको लागि विदेशी लगानी आवाश्यक पर्ने प्रधानमन्त्रीले बताए । नेपालमा कृषि, शिक्षा तथा स्वास्थ्य, उर्जा, पर्यटन, यातायत, उद्योग, पुर्वाधार र सुचना प्रविधि र अन्य निजी क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेकोले नेपाल लगानीको लागि भर्जिन ल्यान्ड भएको उनको भनाई छ । सरकारले विदेशी लगानीलाई सहज रुपमा भित्राउनको लागि केही वाधक बनेका कानूनहरु संशोधन गर्नुको साथै नयाँ कानूनहरु पनि निमार्ण गरिएको प्रधानमन्त्रीको भनाई छ । लगानीबाट प्राप्त मुनाफा विदेशी लगानीकर्तालाई लाभांशको रुपमा फिर्ता लैजान पनि नरोकिने बताए ।
सरकारले व्यापारको सहजीकरणको लागि कार्यहरु गरिरहेको भन्दै विशाल छिमेकी दुई मुलुकहरु भारतसँग जलमार्गबाट जोडिन लागेको र चीनसँग पनि पारहवन सम्झौतामा हस्ताक्षर हुन लागेको बारे प्रधानमन्त्री ओलि उपस्थित लगानीकर्तालाई जानकारी गराए । यसले नेपालमा लगानीको लागि थप सहज वातावराण बन्ने उनको भनाई छ । नेपाल भूराजनीतिक हिसावले निकै महत्वपूर्ण ठाउँमा रहेको भन्दै नेपालमा उत्पादित वस्तु भारत र चीनजस्ता विश्वको ठुला बजारमा सहजै लैजाने सकिने बताए ।
नेपालमा लगानीको लागि आवश्यक पुर्वाधारहरु बिजुलीको ब्यवस्थापन गर्ने,ढुवानी व्यवस्थापनमा सहजता, सूचना प्रविधिहरुको उपलरुब्धतामा सरकार प्रतिवद्ध भएको भन्दै विदेशी लगानीकर्तालाई दोहोरो कर तिर्नु पर्ने अवस्था आउन नदिन विभिन्न मुलुकसँग दोहोरो करमुक्ति सम्झौता भइरहेको उनले बताए । सरकारले विदेशी लगानीकर्ताको लगानी सुरक्षाको लागि प्रतिवद्ध रहेका भन्दै विदेशी लगानीकर्तालाई निर्धक्क लगानी गर्न उनले पटक पटक आग्रह गरे ।
नेपालमा जनशक्तिको अभाव नरहेको भन्दै न्यूनतम दरमा दक्ष र तालिमप्राप्त जनशक्तिको पनि उपलब्ध रहेको भन्दै ओलीले विदेशी लगानीकर्तालाई लगानीको लागि आश्वस्त पार्ने प्रयास गरे ।