बैंकिङ खबर । अधिवक्ता रमेश बडालले गत वर्ष विश्व बैंकले प्रकाशित गरेको डुईङ विजनेश रिपोर्टमा नेपाल पछाडी पर्नुमा विज्ञहरुले पठाएको गलत डाटा कारक रहेको बताएका छन् । गत वर्ष विश्व बैंकले सार्वजनिक गरेको तथ्याङकमा सामाजिक सुरक्षाको कारणले नेपाल डुईङ विजनेश रिपोर्टमा पछाडी परेको कुरा बाहिर आएको थियो । उक्त सन्दर्भको कुरा गर्दा नेपालका विज्ञहरुले पठाएको गलत डाटा त्यसको मुख्य कारण रहेको बताएका हुन् । रिपोर्टमा उपदान सञ्चयकोषको अतिरिक्त २८ प्रतिशत भन्दा माथि सामाजिक सुरक्षाको अतिरिक्त भार थपिने भयो भन्ने गलत डाटा जाँदा उक्त रिपोर्टमा नेपालको स्थान खस्किएको विश्व बैंकका अधिकारीले जानकारी दिएको अधिवक्ता बडालले बताए । के रहेछ वास्तविकता? जानकारीको लागि अधिवक्ता वडालको यो भिडियो हेनुहोस् ।