बैंकिङ खबर। केही वाणिज्य बैंकहरुले मर्जरको लागि गरेको प्रयास असफल भएको देखिन्छ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले पनि मर्जरको लागि सम्झौता गरेका थिए । तर दुई बैंकबीचको मर्जर अन्तिम समयमा आएर रद्द भएको थियो । यस्तै लक्ष्मी र एभरेष्ट बैंकबीच पनि मर्जर हुने कुरा चल्दाचल्दै पछिल्लो समय आएर उक्त विषय सेलाएको छ । त्यसो त नेपालको ठुला बैंकको रुपमा स्थापीत नेपाल इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकको पनि मर्जरको कुरा चलेको थियो तर त्यो विषय पनि कुरैमा सिमित हुन पुग्यो । चालु आर्थिक बर्षको साधारणसभाले प्रभु, ग्लोबल आईएमई, माच्छापुच्छ्रे लगायतका आधा दर्जन भन्दा धरै बैंकहरुले उपयुक्त संस्थासँग मर्जमा जान सकिने भन्दै प्रस्ताव समेत पास गरेर बसेका छन् ।
विकास बैंकमा राम्रो मानिएको ओम डेभलपमेन्ट बैंक प्राइम कमर्सियल बैंकमा विलय हुने सम्झौता गरेको धैरै समय भइसक्यो । तर यी दुई बैंकबीचको मर्जर पनि टुट्न लागेको हल्ला चलिरहेको छ । ओम डेभलपमेन्ट बैंककका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले पनि पहिले तोकेको समयमा दुई बैंकबीच मर्जरको अन्तिम टुङ्गाृे लाग्न नसकेको कारण बैंशाख १३ गते सम्मको लागि समय थपिएको र अहिले पनि छलफल भईरहेको बताउँछन् । दुबैं बैंकले साधारण सभाको लागि बोनस र लाभाशं घोषणा गरेका छन् । तर साधाणसभाको मिति भने तय नगरेकोले मर्जरको विषयमा केही भन्ने अवस्था छैन । यस्तै करीब तिन बर्ष पहिले देवः विकास बैंकमा गाभिने सम्झौता भएको सहारा विकास बैंकको पनि अझै सम्म शेयर कारोबार रोक्का रहेको छ । तर मर्जरको प्रक्रियामा खासै उपलब्धी भएको देखिदैन ।