Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अपी पावरले ४० मेगावाटको जलविद्युत आयोजना निमार्ण गर्दै, ७० प्रतिशत लगानी बैंकबाट जुटाउने

२०७५ चैत्र ८ गते

बैंकिङ खबर। अपी पावर कम्पनीले आफ्नो सहायक कम्पनी अपी चमेलिया पावर लिमिटेड मार्फत नयाँ ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अगाडी बढाउने भएको छ । कम्पनीले आगामी आर्थिक वर्षबाट आयोजना निमार्ण सुरु गर्ने भएको हो । कम्पनीले निमार्ण गर्न लागेको यो तेस्रो आयोजना हो ।

कम्पनीले पहिले पनि सोही क्षेत्रमा क्रमश ८.५ मेगावाट क्षमताको नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । उक्त आयोजनाले विगत २ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय प्रणाली विद्युत प्रवाह गरिरहेको छ । यसको साथै आगामी चैत मसान्तभित्र ८ मेगावाट क्षमताको माथिल्लो नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न गर्दैछ । उक्त आयोजनाको निमार्ण कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

आयोजनाबाट उत्पादन हुन विद्याुत नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको अत्तरिया ब्लाच १३२ के.भि.ट्रान्समिसन लाइनमा जडान हुनेछ । आयोजना बाट बार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन गर्ने कम्पनीको भनाई छ । उत्पादित विद्युतमध्ये ३० प्रतिशत हिउँदमा र बाँकी ७० प्रतिशत बर्षात उत्पादन हुनेछ ।

आयोजनाले अपि हिमाल गाउँपालिकाको ओखल भन्ने ठाउँमा बाँध बनाएर चमेलिया नदिको पानी ५.५ किलोमिटर लामो ३ मिटरको पेनिस्टक पाइपको माध्यामबाट खसालेर निमार्ण गरिने आयोजनाले जनाएको छ । आयोजना निर्माणको लागि जम्मा ७ अर्ब ४० करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । आयोजनामा कुल अनुमानित लागतको ३० प्रतिशतले हुने आउने २ अर्ब २२ करोड रुपैयाँ कम्पनीका शेयरधनीको लगानी रहने छ भने बाँकी ७० प्रतिशतले हुन आउने ५ अर्ब १८ करोड रुपैयाँ बैंक तथा वित्तिय संस्थाहरुबाट सह वित्तियकरण मार्फत ऋण लगानी गरिने कम्पनीले जनाएको छ ।

आयोजनाले निर्माण कार्य २०७६ मंसिर देखि सुरु गरी ३६ महिनामा सम्पन्न गर्ने लक्ष्य राखेको छ । आयोजना यही चैत्र १५ र १६ गते सरकारले गर्न लागेको लगानी सम्मेलनमा नीजी क्षेत्रबाट विकास गरिएको आयोजनामा छनौट भएको छ । सरकारले लगानी मैत्री वातावरण बनाउन सकेमा आगामी दिनहरुमा कम्पनीले लगानी योग्य आयोजनाहरु बनाउँदै जाने बताएको छ ।

Ad