Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यस्तो छ आइपीओ निष्कासनको अनुमति पाएको गणपति माइक्रोफाइनान्सको वित्तीय अवस्था

२०७५ चैत्र ८ गते

बैंकिङ खबर। नेपाल धितोपत्र बोर्डले गणपति माइक्रोफाइनान्सलाई प्राथमिक शेयर (आइपीओ) निष्काशनको लागि अनमुति दिएको छ । माइक्रोफाइनान्सले ३ करोड ३५ लाख रुपैयाँको ३ लाख ३५ हजार कित्ता आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । बोर्डले माइक्रोफाइनान्सलार्ई प्रति कित्ता १०० रुपैयाँको दरमा आइपीओ निष्काशन गर्ने अनुमति दिको हो ।

माइक्रोफाइनान्सले आइपीओ निष्काशनका लागि गरेको क्रेडिट रेटिङमा केयर एनपि आइपिओ ग्रेड चार प्राप्त गरेको छ । केयर रेटिङ ग्रोड ४ ले लघुवित्तको अवस्था औषत रहेको छ भन्ने बुझिन्छ ।

तनहुँमा केन्द्रिय कार्यालय रहेको माइक्रोफाइनान्सको हालको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । आइपीओ निष्काशनसँगै माइक्रोफाइनान्सको चुक्ता पूँजी १० करोड ३५ लाख रुपैयाँ पुग्नेछ । माइक्रोफाइनान्सले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा यसअघि नै एनआईबिएल एस क्यापिटलाई नियुक्त गरिसकेकोे छ।

२०७३ मंसिरबाट कारोबार सुरु गरेको माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ५१ लाख रुपैयाँ मुनाफा कमाएको छ । ६६ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेको माइक्रोफाइनान्सले ४५ करोड ८० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट लिएको छ भने १७ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । माइक्रोफाइनान्सले हाल २८ वटा शाखा कार्यालय मार्फत ९५ स्थानीय तहमा लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

Ad