Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एनआई सी एशिया विजयी

२०७५ चैत्र ८ गते

बैंकिङ खबर । जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमामा एनआई सी एशिया बैंक विजयी भएको छ । चितवनको सौरहामा भएको खेलमा सम्पूर्ण प्रतिस्प्रधिहरुलाई पछि पार्दै बैंकले उपाधि हात पारेको हो ।

फागुन ३० देखि चैत २ गते सम्म आयोजना भएको जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टको आयोजक इन्टरनेसनल इभेन्ट्स एण्ड स्पोर्टस म्यानेज्मेण्ट प्रा.लि. रहेको सो टुर्नामेण्टमा विभिन्न क्षेत्रका कर्पोरेट टिमहरुको सहभागिता रहेको थियो ।

बैंकले आफ्नो वित्तीय कारोबारसँगै अन्य क्षेत्रमा पनि सफलता हासिल गर्दै लगेको जनाएको छ । एनआई सी एशियाले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा दिदै आएको छ ।

बैंकका करिब १४ लाख ५० हजार ग्राहक रहेका छन् । बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको जनाएको छ ।

Ad