Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल लाईफ इन्स्योरेन्सको बीमा सेवा अब ग्लोबल आईएमई बैंकले पनि उपलब्ध गराउने

२०७५ चैत्र ७ गते

बैंकिङ खबर । ग्लोबल आइएमई बैंक र नेपाल लाईफ इन्स्योरेन्स बीच बीमा सेवा सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट सहायक महाप्रबन्धक सुरेन्द्र राज रेग्मी र नेपाल लाईफ इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरेका छन् ।

सम्झौता सँगै ग्लोबल आईएमई बैंकको मुलुकभर रहेका १३४ वटै शाखा कार्यालयहरु मार्फत नेपाल लाइफ इन्स्योरेनसकोे जीवन बीमा योजनाहरु सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

बैंकले १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ वटा एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२१ वटा शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर रहेका ३ वटा प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १० लाख भन्दा बढि सेवाग्राहीलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।