Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

महालक्ष्मी लाईफ इन्स्योरेन्स र मुक्तिनाथ बिकास बैंकबीच बीमा सेवा सम्झौता

२०७५ चैत्र ७ गते

बैंकिङ खबर । मुक्तिनाथ बिकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच बीमा सेवा सम्झौता भएको छ । सम्झौतामा बैंककमा तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरूङ्ग र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा सेवाहरु मुक्तिनाथ बिकास बैंकले मुलुकभर रहेका आफ्ना १२० शाखाहरु मार्फत उपलब्ध गराउने भएको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार शुरु गरेको थियो ।

इन्स्योरेन्सले काठमाडौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर र सुर्खेतबाट कारोबार शुरु गरिसकेको छ भने यहि चैत्र महिना भित्रमा काठमाडौं उपत्यकाको १० स्थानबाट कारोबार संचालनको तयारी गरिरहेको छ ।