Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु लाइफ इन्स्योरेन्सले गर्यो बीमा साक्षरताका लागि एनसिससँग सहकार्य

२०७५ चैत्र ५ गते

बैंकिङ खबर । प्रभु लाइफ इन्स्योरेन्स र घुम्ती बीमा, नेप्लिज फर इन्स्योरेन्स एण्ड सोसल सेक्युरिटी (एनसिस) बीच सहकार्य भएको छ । प्रदेश १, २ र ३ का विभिन्न स्थानमा हुने १० वटा कार्यक्रममा प्रभु लाइफ इन्स्योरेन्सले सहकार्य गरेको हो । सम्झौतापत्रमा एनसिसको तर्फबाट मनिष प्रसाईं र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किशोर लामिछानेले हस्ताक्षर गरेका हन् ।

सम्झौता पछि प्रभु लाइफ इन्स्योरेन्स घुम्ती बीमा अन्तर्गत हुने १० कार्यक्रमको मुख्य प्रायोजकको रुपमा एनसिससँग जोडिएको छ ।