Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

जिवन बीमा कम्पनीहकोे तथ्याङ, बीमा शुल्क आर्जनमा ४३ प्रतिशत हिस्सा प्रदेश ३ बाट

२०७५ चैत्र १ गते

बैंकिङ खबर/विजय पराजुली । बीमा समितिले बीमा पहुँच विस्तारको लागि विभिन्न अभियान चलाइरहेको छ । स्थानीय तहका जनप्रतिनिधिहरु, लगयात उद्योगी व्यवसायी तथा स्कुल कलेजका विद्यार्थीहरुसँग अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । बीमा समितिका अधिकारीहरुले बीमाको पहुँच १७ प्रतिशत पुगेको बताएका छन् । नेपालमा हाल ४० वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । त्यसमध्ये १९ वटा जीवन बीमा कम्पनी र २० वटा र्निजीवन बीमा कम्पनी छन् । एकवटा भने एउटा पुर्नबीमा कम्पनी रहेको छ । मुुलुक संघियतमा गइसकेकपछि आर्थिक तथा प्रसाशनिक गतिविधि पनि प्रदेश केन्द्रित भइरहेका छन् । हामीले यहाँ नेपालको जीवन बीमाको प्रदेशगत अवस्था कस्तो छ ? सात वटै प्रदेशमा बीमाको उपस्थिति, प्रत्यक्ष रोजगारीको अवस्था र बीमा कम्पनीको अवस्थाको बारेमा जानकारी दिने प्रयास गरेका छौं ।

हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । यस मध्ये महालक्ष्मी लाइफ इन्स्योरेन्सले यही माघ २७ गते देखि मात्र कारोबार सुरु गरेको हो । ९ वटा बीमा कम्पनीले गत आर्थिक बर्षबाट कारोबार सुरु गरेका हुन् भने ९ वटा पुराना जीवन बीमा कम्पनी हुन् । बीमा समितिको चालु आर्थिक बर्षको पुष मसान्त सम्मको तथ्याङ्क अनुसार १८ वटा जीवन बीमा कम्पनीले ५ महिनाको अवधिमा ४३ अर्ब ४९ करोड एक लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । १८ वटा जीवन बीमा कम्पनीहरुले पुष मसान्त सम्ममा १२ सय ९० वटा क्षेत्रीय कार्यालय, शाखा तथा उपशाखा कार्यलयमा ४ हजार ३ सय १५ जनालाइ प्रत्यक्ष रोजगारी प्रदान गरिरहेका छन् ।

बीमा शुल्क आर्जनको ४३ प्रतिशत भन्दा बढी हिस्सा प्रदेश तीनमा
बीमा कम्पनीहरुले सबैभन्दा धेरै बीमा शुल्क प्रदेश तीनबाट आर्जन गरेका छन् । प्रदेश तिनमा रहेका ३ सय २७ वटा शाखा कार्यलय मार्फत कुल १८ अर्ब ७२ करोड बीमा शुल्क आर्जन गरेका छन् । जुन कुल बीमा शुल्क आर्जनको ४३ दशमलव शुन्य ६ प्रतिशत हो । त्यस्तै सबैभन्दा कम बीमाशुल्क आर्जन कर्णाली प्रदेशमा भएको छ । कर्णली प्रदेशमा रहेका ९८ वटा शाखा कार्यलयबाट कुल १ अर्ब २५ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको बीमा समितिको तथ्याङ्क छ । जुन कुल बीमा शुल्कको २ दशमलव ८८ प्रतिशत मात्रै हो ।

प्रदेश एकमा २ सय २८ वटा शाखा कार्यलयबाट ६ अर्ब ९ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ । जुन कुल बीमा शुल्क आर्जनको १४ दशमलव शुन्य १ प्रतिशत हो । प्रदेश २ मा १ सय ७२ शाखा कार्यलयबाट ४ अर्ब ५६ करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको देखिन्छ । जुन कुल बीमा शुल्क आर्जनको १० दशमलव ४९ प्रतिशत हो । कुल बीमाशुल्क आर्जनको ७ दशमलव ७६ प्रतिशत हिस्सा रहेको गण्डकी प्रदेशमा बीमा कम्पनीहरुले १ सय २९ वटा शाखा मार्फत ३ अर्ब ३७ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

बीमाशसुल्क आर्जनमा दोस्रो धेरै १५ दशमलव २९ प्रतिशत हिस्सा रहेको प्रदेश पाँचमा बीमा कम्पनीहरुले १ सय ९२ शाखा मार्फत ६ अर्ब ६४ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको तथ्याङ्कले देखाउँछ । सुदुरपश्चिम प्रदेशमा बीमा कम्पनीहरुले १ सय ४४ वटा शाखा मार्फत २ अर्ब ८२ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन कुल बीमाशुल्क आर्जनको ६ दशमलव ५ प्रतिशत हो ।

बीमा समितिले तयार पारेको पुष मसान्त सम्मको विवरण हेर्दा बीमा कम्पनीहरुको कार्यक्षेत्र प्रदेश तीन लगायत सहरी तथा सुगम क्षेत्रमा केन्द्रित रहेको देखिन्छ । शाखा संख्या, कर्मचारी संख्या तथा बीमा शुल्क आर्जनमा प्रदेश तीन अग्रस्थानमा रहँदा कर्णाली प्रदेश सबैभन्दा पछाडी रहेको देखिन्छ । बीमा शुलक आर्जनमा दोस्रो स्थानमा प्रदेश ५, तेस्रो स्थानमा प्रदेश १, चौथो स्थानमा प्रदेश २, पाँचौ स्थानमा गण्डकी प्रदेश र छैटौं स्थनमा सुदूरपश्चिम प्रदेश रहेको छ । चालु आर्थिक बर्षको पुष मसान्त सम्ममा बैदेशिक रोजगार म्यादी बीमालेख बाहेक कुल ५२ लाख ५० हजार २ सय २७ वटा बीमालेख पोलीसी विक्री भएको बीमा समितिको तथ्याङ्क छ । बीमा कम्पनीहरुको शाखा सञ्जाल पनि कर्णाली सुदुरपश्चिम गण्डकी लगायत विकट जिल्ला रहेको प्रदेशमा कम रहेको देखिन्छ ।