Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

पूँजी पुर्याउन हकप्रद र बोनस दिँदै गुराँस लाइफ इन्स्योरेन्स

२०७५ फाल्गुन २६ गते

बैंकिङ खबर।  गुँरास लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन तथा आर्थिक बर्ष २०७३र०७४ को मुनाफाबाट प्रस्तावित बोनस शेयर पारित गर्नको लागि साधारण सभा बोलाएको छ । इन्स्योरेन्सको फागुन २४ गते बसेको सञ्चलक समितिको बैंठकले चैत २१ गते ९ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।

यसअघि नै नेपाल धितोपत्र बोर्डबाट ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएपनि निष्काशन गर्न नसकेको गुराँस लाइफ इन्स्योरेन्सले पुनः सञ्चालक समितिमा हकप्रद निष्काशन गर्ने प्रस्ताव लैजाने भएको हो । त्यस्तै इन्स्योरेन्सले हाल कायम रहेको चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँको ८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट बोनस शेयर दिने प्रस्ताव गरेको हो । इन्स्योरेन्सले बोनस वितरण तथा हकप्रद निष्काशनको लागि चैत ६ गते बुक क्लोज गर्दै छ ।

जीवन बीमा कम्पनीहरुलाई बीमा समितिले २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन निर्देशन दिएपछि इन्स्योरेनसले हकप्रद र बोनस मार्फत पूँजी पुर्याउन लागेको हो ।